arrow

गुल्मीको रेसुङ्गा नगरपालिमा सुन्तला र कागतीको नाममा भ्रष्टाचार

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
orange-Suntala-crops.jpg.jpeg

गुल्मी। रेसुङ्गा नगरपालिका वडा नं. ६ मा सुन्तला र कागतीको नाममा भ्रष्टाचार भएको छ । आर्थिक वर्ष २०७४/०७५ को वजेटमा सुन्तला र कागतीको विरुवा रोप्ने भनि १ लाख बराबरको रकम विनियोजित भएको थियो । विनियोजित रकम उपभोक्ता समितिले कुनै काम नगरी सबै काम गरेको भनि कृते कागज बनाई निकासा गरेको थियो ।

सो कुरा नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका वडा नं. ६ वडा कार्यसमितिले थाहा पाएपछि, त्यसको बारेमा सत्य तथ्य हिसाव किताव जनता सामु सार्वजनिक गर्न त्यस वडाका वडा अध्यक्ष गनबहादुर गुरुङ्गलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझे पश्चात वडा अध्यक्ष गुरुङ्गले जनता सामु सम्पूर्ण हिसाव किताव सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर उक्त प्रतिवद्धता पुरा नगरेपछि कांग्रेसले खबरदारी गर्न थालेको थियो । कांग्रेसले खबरदारी गरेपछि मिति २०७५ भाद्र ८ गते रातारात पाल्पाबाट कागतीको विरुवा ल्याएका थिए । अहिले वडाअध्यक्ष गुरुङ्ग २/२ वटाका दरले त्यहाँका जनतालाई कागतीका विरुवा बाँड्न बाध्य भएका थिए।

सो उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर पुन (गोपाल) ले यो विषयमा आफ्नो कमजोरी भएको स्वीकारेका छन । आषाढ महिना मै काम सम्पन्न गरि सबै विल भर्पाइ बनाई अषाढ १४ गते नै कागती, सुन्तला जनताको घरदैलो पुर्‍याएको कृते कागज निज नन्दबहादुर पुनले नगरपालिकामा पेश गरेको खुलासा भएको थियो ।

अहिले रातारात बाँडिएको कागतीको विरुवा र भुक्तानी गरेको सुन्तला कागतीको कार्यक्रममा कुनै मेल खाँदैन साथै निज नन्दबहादुर पुन खेल मैदान निर्माण समितिको अध्यक्ष समेत रहेर काम गरेका छन । उक्त खेल मैदान निर्माणमा पनि व्यापक भ्रष्टाचार भएको छ ।

खेल मैदान निर्माण कार्यक्रमको लागि  २ लाख बराबरको रकम विनियोजित भएको थियो र यसबाट केही रकम बचेको थियो । बचेको रकम स्वयम अध्यक्ष पुनले आफ्नो जिम्मामा राखेका थिए । त्यस्तै सडक कार्यालयले खनेको त्यहाँको मोटरबाटो पनि यहींको वडाले खनेको भनि रकम निकासा समेत गरेका थिए ।

यसरी सदरमुकाम नजिकै व्यापक भ्रष्टाचार तथा अनियमितता हुँदा पनि सरोकारवालाहरुले कुनै चासो नदेखाएको त्यहाँका जनताहरुले गुनासे गरेका छन । यो लगायत अन्य १२ वटा योजनामा व्यापक भ्रष्टाचार भएको भनि नेपाली कांग्रेस वडा कार्य समितिले मिति २०७५ श्रावण १८ गते ज्ञापन पत्र बुझाई त्यहाँका वडा अध्यक्ष गुरुङ्गलाई सचेत समेत बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ