arrow

बलात्कारपछि हत्या भएकाको सम्झनामा अधिकारकर्मीले गरे सामूहिक मुण्डन

‘बलात्कारकारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग’

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
Mundan.jpg

काठमाडौं। सामाजिक अभियन्ता सावित्री सुवेदीको नेतृत्वमा जितेन बान्तवा, प्रकाश गौतम, दाबिन नोर्वु शेर्पा र हरि दुलालले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै मंगलबार सामूहिक केश मुण्डन गरेका छन् ।
 
बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज रिपोर्टर्स क्लब नेपालमा सामूहिक कपाल मुण्डन गरेका हुन् । त्यस्तै उनीहरुले संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घट्नामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग पनि रोखका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफुहरुको दोस्रो चरणको बिरोध आन्दोलन अनुरुप आज केश मुण्डन गरेको सुवेदीको भनाई छ ।    

पाँच वर्षदेखि निरन्तर रुपमा बलात्कारीलाई मृत्यदण्डको माग राख्दै आएकी अधिकारकर्मी सुवेदीले सरकारलाई कर्तव्यवान र जिम्मेवार बनाउन आफूहरुले निरन्तर रुपमा सांकेतिक बिरोधका कार्यक्रम गर्दै आएको बताईन् ।

उनले भनिन्,‘सरकार जिम्मेवार छैन् । प्रशासन जिम्मेवार छैन् । पीडितले न्याय पाउनुपर्छ । अपराधिको पहिचान हुनुपर्छ । हाम्रो माग बलात्कारीलाई फाँसी दिनुपर्ने नै हो । तत्काल प्रहरीले अपराधी पक्राउ गरेर स्वास्थ्य परिक्षरण दोषि भेटिएमा गरि मृत्युदण्ड दिने हो भने यस्ता घटनाहरु कम हुनेछन् ।’

उनले अघि थपिन,‘कञ्चनपुरकी निर्मला पन्तका हत्याराको नाममा निर्दोष मानिसलाई फसाएर दोषीलाई उन्मुक्ति दिने काम सरकारबाटै भएको छ । सरकारले शक्तिवालाको संरक्षण गर्छ । उच्च पद र धनीका छोरीहरु बलात्कारको सिकार हुँदैनन् । धनी र शक्तिवालाहरुले बलात्कार गर्छन् । त्यस्ता व्यक्तिहरुलाई सरकारले संरक्षण दिन्छ । अनि गरिब र पीडितले हाम्रो देशमा न्याय पाउन सक्छन् ?’

उनले भनिन्,‘आर्थिक वर्ष २०७४-२०७५ मा ६ हजार ६ सय २२ वटा अपराधका घट्नाहरु घटे, अघिल्लो वर्षकोभन्दा २२ प्रतिशतले बढेका छन्, ८ महिनाकी बालिकादेखि ७० वर्षे बृद्धामाथि बलात्कार हुन भनेर बर्वर र अत्याचारीको सिमा नाघेका घट्ना हुन कि होईनन् ? त्यस्ता व्यक्तिको पहिचान गरि सरकारले मृत्युदण्ड दिने कानून बनाउनुपर्छ कि पर्दैन ? हामी संयुक्त राष्ट्र संघको सन्धी सम्झौता बिरुद्धमा छैनौं तर समय अनुसारको कानून आवश्यक छ, संविधान संशोधन गरेर जघन्य अपराधिलाई मृत्यु दण्डको व्यवस्था हुनुपर्छ ।’

उनले अघि थपिन,‘प्रधानमन्त्रीले बलात्कार, अत्याचार, भ्रष्टाचारजस्ता जनता र देशहितबिपरित घट्नालाई शुन्य सहनशिलताको मिठा भाषण गर्नु हुन्छ तर कार्यव्यवहारमा त्यसको कुनै महसुस गर्न पाईदैन, दिन प्रतिदिन बलात्कारका घट्नाहरु बढिरहेका छन्।’

महिला पुनःस्थापना केन्द्र ओरेकले सार्वजनिक गरेको तथ्याङक अनुसार १८ वर्ष मूनिका १० जना र १८ वर्ष माथिका ४ जना महिलाहरु बलात्कारपछि हत्या गरिएको बताउँदै उनले बलात्कारपछि हत्याजस्ता क्रुरतापूर्वक रुपमा घट्नामा संलग्नलाई फाँसीबाहेक अर्को कुनै कारबाही कम हुने बताएकी छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ