arrow

२२ सय धार्मिक स्थलको परिक्रमा गर्दै सकियो ललितपुरको मतया पर्व 

मन्दिर, चैत्य, बिहार १४ घण्टा लगाएर परिक्रमा 

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
mataya1.JPG

पाटन । ललितपुरको पाटनमा १४ घण्टा लामो मतया यात्रा अर्थात् दीप यात्रा पर्व सम्पन्न भएको छ । बिहान ४ बजेदेखि शुरु भएको यो यात्रा साँझ ६ बजे सकिएको हो । पाटनका पञ्चबुद्ध, अमिताभ, नारायण महादेव लगायत विभिन्न चैत्य तथा बौद्ध मन्दिर गरी करीब २२ सय धार्मिक स्थलको परिक्रमा गरिएको हो । 

यो यात्रामा विशेष गरी पाटनका चार कुनाका महत्वपूर्ण स्तुपाः ग्वार्को, पुल्चोक, इबही र लगनखेलका स्तुपाको परिक्रमा गरिन्छ । यो यात्रामा सहभागि हुनेले २२ सय धार्मिक स्थल (मन्दिर, चैत्य, बिहार) मा चढाउनका लागि कम्तिमा पनि १७ सयसामान वा नगद बोक्नुपर्ने हुन्छ । यात्रामा सहभागि हुनेले नगद वा ,सातु,चामल, कपुर, दियो लगायतका सामान चढाउँदै जाने चलन छ । बिहान ४ बजे पाटनको बुबहालबाट सुरु भएको यो यात्रा साँझ ६ बजेसम्म चलेको थियो । 
                 

यात्रा शुरु भएको स्थान पाटनको बुबहाल 
यो परम्परालाई पाटनका १० टोलले पालैपालो मनाउने गरेका छन । यसपालि गाबहाल बुबहाल टोलले  ब्वगि (राती परिक्रमा ) जाने र त्यसपछि गाइजात्रााको भोलीपल्ट मतया जाने परम्परालाई निरन्तरता दिने जिम्मा लिएको हो  । यो यात्रा संगै मंगलबारै बुद्ध जयन्तिको रुटमा विभिन्न बाजाका साथ नौबाजा यात्रा, नेकु अर्थात श्रृगभेरी यात्रा पनि  शुरु भएको छ ।   

यात्रामा सहभागिलाई सहयोग गर्न करीब एक हजार स्वंयसेवक परिचालन गरिएको थियो। राजा गुणकामदेवका पालादेखि मतया शुरु भएको यो यात्राअघि  ब्वगी जाने चलन छ । सिद्धिनरसिह मल्लको पालाबाट मात्रै सुरु भएको ब्वगि मतयाको रुट कस्तो छ भनि बाटो हेर्न जाने गरिएको रत्नाकर महाबिहारका आजु तथा न्यकु जात्रा कजि बाजाका संयोजक सिद्धिरत्न बज्राचार्यले बताए ।

मतया  र ब्वगी यात्राका लागि मतया केन्द्रिय कमिटीले ३ लाख र नगरपालिकाले ५ लाख दिन घोषणा गरेपनि यसपाली करिब २७ लाख लाग्ने अनुमान गरिएको, यात्रा सञ्चालन समिति क्षेत्र नम्बर ५ गाबहाल बुबहालका अध्यक्ष बाबुराजा बज्राचार्यले बताए । 
पहिला पहिला यो यात्रामा सहभागिले नेवारी भोज , जाली जस्तो बिशेष प्रकारको रोटी  र मसलाको पोका चढाउने परम्परा भएपनि आजकल यात्रा कठिन हुनाका साथै आर्थिक रुपमा पनि खर्चिलो भएकाले यो परम्परा भने लोप भएको छ । 
                     

प्रतिकात्मक ख्याक समूहसँग आयोजक टोली 
विशेष गरी यो यात्रामा वर्षभरी मृत्यु भएकाका परिवार, आफन्तजन  साथै रमाइलोका लागि पनि जानेको भिड लाग्नेगर्छ । यसपाली करीब २ हजार जना सहभागि भएको आयोजकले जनाएको छ । बुबहाल टोलबाट सुरु भएको मतया यात्रा नगर परिक्रमापछि बुबहालमै पुगेर समापन भएको हो । आउने बर्ष मतया पर्व पाटनको हौगल टोलले जिम्मा लिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ