arrow

ठोरी गाउँपालिकाको गाडी सेनाको नियन्त्रणमा

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
thori-dojar-army.jpg

पर्सा। सडक मर्मतका लागि ठोरी गाउँपालिका अन्तर्गत पर्ने बागमोर्चा खोलाबाट गिट्टी बालुवा उठाउँदै गरेका डोजर सहित ट्रिपर र ट्याक्टरलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

वर्षाका कारण सदरमुकाम बिरगंजसँगको सडक सम्पर्क अबरुद्ध भएपछि गाउँपालिकाले सडक मर्मतका लागि आफ्नै सवारी मार्फत बागमोर्चा खोलाबाट गिट्टी बालुवा उठाएर ठोरी खण्डको खाल्डा खुल्डी सडक पुर्दै आएको थियो । 

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने ठोरी गाउँपालिका ५ मा रहेको गढवा लाइनमा पर्ने सेनाको व्यारेकबाट खटिएको टोलीले मंगलबार गिट्टी वालुवा उठाउँने क्रममा रहेका गाउँपालिकाको टिपर, डोजर र ट्याक्टरलाई नियन्त्रणमा लिएको गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार २ जना सवारी चालक समेत सेनाको नियन्त्रणमा छन्। गत असार देखि नै बिरगंजसँग सडक सम्पर्क टुटेपछि गाउँपालिकाले सडक मर्मतमा अग्रसरता लिएको थियो।

तर सेनाले भने मध्यवर्ति क्षेत्रमा पर्ने भएकाले सो क्षेत्रको खोलाबाट गिटी वालुवा नउठाउँन दबाब दिंदै आएको थियो । तर स्थानीय नागरिकहरुले भने सडक पुर्वाधार जनताको जीवनसँग जोडिएको भन्दै सेनाको अनुमती नभएपनि बाटो बनाउनु पर्ने भन्दै गाउँपालिकामा दबाब दिदैं आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ