arrow

काठमाडौंमा जोर बिजोर सवारी लागु, यो नियम कसलाई लाग्दैन ? 

कतिबेला सबै गाडी चलाउन पाइन्छ ? 

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
vehicle-nepal.jpg.jpeg

काठमाडौं। बिहिबार र शुक्रबार हुने चौथो बिमस्टेक सम्मेलनका लागि काठमाडौं उपत्यकामा जोर बिजोर सवारी लागु भएको छ । बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिन जोरबिजोर सवारी गुडाउने प्रवन्ध मिलाइएको छ।

ट्राफिक प्रहरी महाशाखाले विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पुर्ण निजी र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली अनुसार संचालन गरिने जनाएको छ । 

यी अवस्थामा भने जोर बिजोर प्रणाली लागु हुने छैन 
–बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई 
–गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई 
–सांसदका सवारी साधनहरु (परिचय पत्र हेरेर)
–अत्यावश्यक सेवा, अति आवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकट भएका)हरुलाई 
–कुटनितिक नियोगका सवारी साधनहरु
–सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरुलाई ।
–बिहान ६ बजेअघि र राति १० बजेपछि सम्पुर्ण सवारी साधनहरू



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ