नेकपामा जोडिने भन्दा टुक्रिने खेल, ओली–नेपाल पानी बाराबार
प्रकाशित २०७५ भदौ १३ बुधबार
804
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जोडिने भन्दा टुक्रिने खेल बढ्न थालेको छ । तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा स्थानीय तहदेखि एकता गर्न खोज्दा एमालेभित्रकै नेताहरुबीच रडाको मच्चिएको छ ।
तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षका प्रतिस्पर्धी एवं सदावहार पार्टीका प्रतिद्धन्द्धी माधवकुमार नेपाल पक्षबीच एक पटक ठूलै टकराव देखिएको छ । नेकपा माओवादी केन्द्रसंग जेठ ३ गते मिल्ने बेलामा खुवै सक्रिय जस्तो देखिएर निकटस्थ बनेका नेपाललाई ओलीले सधै हेयको दृष्टिले हेर्न थालेपछि अहिले जिल्ला नेतृत्व चयन गर्दा चर्काचर्की भएको छ ।
ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै नेपाल पक्ष अधिकांश जिल्लामा असन्तुष्ट बनेको छ । ओलीको पेलेर जाने नीति अहिले पनि हावी भएको छ । आफूहरूलाई पेलेर अघि बढ्ने नीति लिइए सहन नसकिने भन्दै नेपाल पक्ष कडा रुपले प्रस्तुत भएको हो ।
एमाले र माओवादीबीच एकता भइ गत भदौ ५ गते नै जिल्ला र स्थानीय तहमा नेकपाको एकता गर्ने भनिएको थियो । तर यो क्रियाकलाप सजिलै नसकिने देखिएको छ ।
पूर्व एमाले र माओवादीबीच हैन पूर्व एमाले एमालेबीच नै घम्साघम्सी हुँदा यो प्रक्रिया लम्बिने भएको हो । यसअघि ६५ जिल्लामा समाधान भइसक्यो भनेर जानकारी गराइए पनि अहिले अधिकांश जिल्लाका नेताहरु गुसासो बोकेर काठमाडौं धाउन थालेका छन् ।
निश्चित मापदण्ड बनाउर जान आग्रह गरिए पनि ओली पक्षले पेलेर जाने नीति बनाएको गुनासो नेपाल पक्षको छ।ओली र नेपालबीच खासै वार्ता हुन्न । पानी बाराबार जस्तै छ । नेपाल सरकारको कार्यशैलीप्रतिसमेत सन्तुष्ट छैनन् ।
ओली नेपालबीच सम्बन्ध बढेको देखाउन जन्मदिनको केक पनि खुवाइएको थियो । तर त्यो भ्रम र क्षणिक हो भन्ने खासखुस त्यतिबेलै बालुवाटारमा चलेको थियो ।
माओवादीलाई फाइदा
माओवादीलाई भने फाइदा भएको छ । माओवादीले निश्चित भागबण्डाभन्दा बढी नै पाएको बताइन्छ । स्थानीय तहमा जितेको सिटभन्दा बढी प्रतिशत पाएपछि माओवादीका नेताहरु दंग छन् भने एमाले आपसमा लड्दा त्यसको फाइदा पनि माओवादीलाई नै भएको छ ।
एकताका नाममा भागबन्डा गर्दा एमालेभित्र कुनै छलफल हुन सकेको थिएन । जवरजस्ती गर्न खोज्दा कटिबद्ध नेताहरु समेत लाखापाखा भएका छन् । माओवादीले भने राम्रो सिट पाएको छ ।
तत्कालीन माओवादीका केन्द्रतहका नेताहरुबीच भने एकमत हुन सकेको छैन । नियतवश नै ओलीले पेल्न थालेपछि अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि खिन्न छन् ।
ओलीसंग टाढिँदा नेपाल भने प्रचण्डसंग नजिकिएका छन् । नेपाल–प्रचण्डको सम्बन्ध सुध्रिएको केही वर्ष भइसकेको छ ।