arrow

चीनका लागि निरर्थक बन्नसक्छ दुईभन्दा बढी बच्चा जन्माउन दिने निर्णय

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
china4.jpg

काठमाडौं । चीनले दुईभन्दा बढी बच्चा जन्माउन पाउने नियम ल्याउने संकेत गरेको छ । यद्यपिचीनको यो नियम निरर्थक हुनसक्ने देखिएको छ । मानिसहरुमा धेरै बच्चा जन्माउने रुचि नभएको कारण चीनको नयाँ नीति निरर्थक साबित हुनसक्ने देखिएको हो ।
 
सरकारले मुलुकमा दुईभन्दा बढी बच्चा जन्माउन पनि अधिकार दिने संकेत दिएसँगै यस किसिमको विवरण सार्वजनिक भएको हो  । यसअघि चीनले कुनै पनि परिवारमा बच्चाको संख्या तय गरिएको थियो । सन् १९७९ मा चीनले एकभन्दा बढी बच्चा जन्माउन नपाउने नीति ल्याएको थियो । सन् २०१६ मा यो सीमा बढाएर दुई बच्चासम्म पुर्‍याइएको थियो ।

यद्यपि अहिले चिनियाँहरु बच्चा जन्माउन ढिलो गरिरहेका छन् । मानिसहरुको ध्यान आफ्नो करियर निर्माणमा केन्द्रित रहेको कारण बच्चा जन्माउने मामिलामा उनीहरुले रुचि नदेखिएको हो । 

विशेषज्ञहरुका अनुसार चीनमा बालबालिकामा लाग्ने खर्च पनि धेरै बच्चा जन्माउनबाट रोक्ने एक महत्वपूर्ण माध्यम बन्न पुगेको छ । मानिसहरु दोस्रो वा तेस्रो बच्चा पनि चाहन्छन् तर उनीहरुका लागि लाग्ने खर्च देखेर पनि डराउने गरेको विशेषज्ञहरु बताउँछन् । 

चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले दिएको जानकारीअनुसार चीनमा पछिल्लो समय जनसंख्याको अवस्थामा देखिएको परिवर्तनको कारण यस किसिमको योजना ल्याउने तयारी भइरहेको हो । 

अर्थशास्त्रीहरुका अनुसार चीनमा जनसंख्याको अवस्था हेर्दा यो मुलुक विश्वको सबैभन्दा धनी मुलुक बन्नुभन्दा पहिला यहाँका धेरै मानिसहरु बुढो बन्नसक्ने आशंका बढेको छ । ६० वर्षभन्दा बढी उमेरका मानिसहरुको संख्या सन् २०१५ मा १५ प्रतिशत रहेकोमा बढेर अहिले ३६ दशमलव ५ प्रतिशतमा पुगेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ