arrow

पाँचथरमा पहिरोले २५ परिवार विस्थापित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ भदौ १३ बुधबार
panchtarbadi.jpg

पाँचथर ।  पहिरोका कारण पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर ३ ओयाममा २५ घर विस्थापित भएका छन । बस्ती माथि करिब ६० मिटर लामो जमिन क्षेत्र लच्केर पहिरो खस्न थालेपछि परिवारका ७९ जना सदस्य बिस्थापित भएका हुन् ।

पहिरोका कारण स्थानिय हरिराज सेलिङ,हर्क सेलिङ,अमृत सेलिङ,चन्द्रम सेलिङ,रामप्रसाद सेलिङ,माइतराज थोक्लिहाङ,आइतराज सेलिङ,सुकवहादुर सेलिङ,देउकुमार सेलिङ,हर्क सेलिङ,रमेश सेलिङ र सुवाष सेलिङ सहित २५ परिवार विस्थापित भएको याङवरक ३ का वडासदस्य मचिन्द्र सेलिङले जानकारी दिए ।

बिस्थापित भएका स्थानीयलाई नजिकैका नेपालडाँडा,थक्सुङडाँडा र सिक्तेङ भन्ने स्थानमा स्थानानतरण गरि सामुहिक वसोवासको ब्यवस्था मिलाइएको वडा सदस्य सेलिङको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ