arrow

चीनमा सन् १९६१ यता सबैभन्दा धेरै गर्मी 

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
china1.png

काठमाडौं । चीनको गर्मी सन् १९६१ यताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । चीनको औसत तापमान २२ डिग्री सेल्सियसमा पुगेको हो । चीनको मौसम विभागले दिएको जानकारीअनुसार चीनका विभिन्न ५५ स्थानमा रहेको मौसम निगरानी केन्द्रबाट तापमान मापन गरिँदै आएको छ । 

गर्मीको असर चीनको कृषि तथा फलफूलको उत्पादनमा पर्नस्क्ने बताइएको छ ।  चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार अगष्ट महिनामा चीनको तापमान २२.२ डिग्रीसम्म पुगेको हो । यो नतिजा अघिल्लो वर्षको तुलनामा १.२ डिग्रीले बढी हो । 

गएको जुन देखि गष्ट २६ सम्मको मापनमा चीनको तापमान अत्यधिक रहेको देखिएको हो । चीनको विकासको लागि पनि तापक्रम अत्यधिक रहनु हानिकारक रहेको बताइएको छ । चीनले अत्यधिक मात्रामा प्रदूषण बढेको भन्दै प्रदूषण नियन्त्रणका कार्यक्रमहरु अघि सारिरहेको भए पनि तापक्रम भने लगातार बढ्दो क्रममा रहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ