arrow

श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
srilanka.png

कोलम्बो। श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ। सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो।

सो अभियोगमा मुद्दा चलाइएकोमा प्रमुख सैन्य अधिकारी रविन्द्र विजेगनारत्नेलाई पक्राउ गर्न आदेश दिएको हो। ती ११ जना व्यक्तिलाई अपहरण गरी मार्न लगाएको आरोपमा पक्राउ गर्न उहाँलाई आदेश दिइएको हो।

श्रीलङ्कामा शसस्त्र विद्रोह गरिरहेका टामिल टाइगरका विरुद्धमा श्रीलङ्काको सेनाले सन् २००८ पछि अन्तिम युद्धको घोषणा गरी सशक्त कारबाही गरेको थियो।

त्यसैक्रममा सन् २००९ मा ती अपहृत व्यक्तिहरु पनि मारिएको आशङ्का गरिएको छ। कोलम्बोस्थित एक अदालतका न्यायाधीश लङ्का जयरत्नेले सैन्य उच्च अधिकारीलाई पक्राउ आदेश दिनु भएको हो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ