arrow

भीरबाट लडेर ताराको ज्यान गयो

logo
सीता डोटेल,
प्रकाशित २०७५ भदौ १४ बिहिबार
Palpa_District.png

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ शिद्धेश्वरमा भिरबाट लडेर एक जना महिलाको ज्यान गएको छ । 

बुधबार बिहान घाँस काट्न गएकी ५४ वर्षकी ताराकुमारी सोमै घाँस काट्ने क्रममा चिप्लिएर भीरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सर्देवाका प्रहरी हवल्दार हेमबहादुर डाँगीले जानकारी दिए । 

सोमैको बुधबार बिहान लडेर ज्यान गएता पनि स्थानीय बासीले बुधबार साँझ मात्र उनको शव फेला पारेका थिए । विहिवार विहानै प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ