arrow

चरम आर्थिक संकटमा अर्जेन्टिना, आईएमएफसँग सहयोगको याचना 

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
arjentina.jpg

काठमाडौं । अर्जेन्टिनाको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ५० अर्ब अमेरिकी डलरबराबरको ऋणको लागि अनुरोध गरेको छ । अर्जेन्टिनाले अनपेक्षितरुपमा यस्तो निर्णय गरेको हो । 


अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रिले अहिले गरिएको निर्णय अर्जेन्टिनाको अर्थतन्त्रमा पुनः ऊर्जा ल्याउनका लागि गरिएको निर्णय रहेको बताएका हुन् । अर्जेन्टिनाको मुद्रा पेसोमा सन् २०१८ को सुरुवातयता ४० प्रतिशतभन्दा ठुलो गिरावट आइसकेको छ । जसको कारण अर्जेन्टिना उच्च मुद्रास्फीतिदरको समस्यामा देखिएको छ । 


आईएमएफकी प्रमुख क्रिस्टाइन लेगार्डले अर्जेन्टिनाको सुधारिएको नयाँ आर्थिक नीतिमा सहयोगको लागि आफ्नो जोडदार प्रयास रहने बताइन् । लगानीकर्ताहरुले भने अर्जेन्टिनाले आफ्नो ऋण चुक्ता गर्नसक्ने सम्भावना रहेको भन्दै आशंका व्यक्त गर्दै आएका छन् । 


गत मे महिनामा ऋणको कार्यकालको विषयमा सम्झौता भएको थियो तर राष्ट्रपति म्याक्रिले अर्थतन्त्रमा सुधारको लागि सो ऋण आवश्यक नरहेको र त्यसको प्रयोग नगर्ने बताएका थिए । 


विश्वको सबैभन्दा धेरै व्याजदर तथा आईएमएफको सहयोगमा रहेको आर्थिक नीतिको बाबजुद अर्जेन्टिनाको अर्थतन्त्र कमजोर बन्न पुगेको हो । पछिल्लो समय टर्की तथा ब्राजिलको मुद्रामा पनि गिरावट आइरहेको भए पनि अर्जेन्टिनाको हकमा भने यो विल्कुलै फरक किसिमको समस्या रहेको बताइएको छ । 


अर्जेन्टिनाको मुद्रास्फीतिदर जी२० का मुलुकहरुमध्येकै सबैभन्दा उच्च रहेको छ । अर्जेन्टिनाको अर्थतन्त्रमा महत्वपूर्ण सुधारको योजनाको साथमा म्याक्रि राष्ट्रपति बनेका थिए । यद्यपि अहिलेसम्म आर्थिक हिसाबमा उनले योजनाले खासै ठुलो अर्थ राख्न भने सकेको छैन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ