arrow

बिमस्टेक शिखर सम्मेलन अपरान्ह विशेष समारोहबीच सुरु

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
BIMSTE-ktmsummite-2018.jpg

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन बिहिबार अपराह्न एक विशेष समारोहका राजधानीमा आरम्भ हुँदैछ । 

प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदैछन् ।  

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन् ।  

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रम अनुसार सम्बोधन गर्नेछन् । 

सम्मेलनमा भाग लिन बिहिबार बिहान भारत, बङ्गलादेश र थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँ आइसकेका छन् । 

काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ