arrow

भारतले रुससँग हतियार किन्नेबारे अमेरिकाको चेतावनी, भन्छ – छुटको ग्यारेन्टी छैन

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार

एजेन्सी। रुसी हतियार खरिद गर्ने भारतको निर्णयमा अमेरिकाले पुनः चेतावनी दिएको छ। यसअघि विभिन्न कारणले आशंकामा रहको भारतको सम्झौतामा अमेरिकाले पुनः छुट हुने ग्यारेन्टी नरहेको बताएको हो। 

यसअघि अमेरिकाले भारतलाई रुसी हतियार खरिदको लागि छुट दिने प्रस्ताव गरेको थियो। अमेरिकाले रुसी एस–४०० को मिसाइल रोक्ने हतियारका साथै अन्य हतियारहरु पनि खरिद गर्ने दिशामा भारत अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको हो।

पछिल्लो समय अमेरिकाको लागि भारत एक सहयोगी मुलुक बन्दै आएको अवस्थामा रसियासँग हतियार किन्ने उसको निर्णयले समस्या उत्पन्न गर्नसक्ने अमेरिकी अधिकारीले बताएका हुन्। अमेरिकाले यसअघि भारतसँगको सुमधुर सम्बन्ध कायम राख्नका लागि रुससँग हतियार किन्ने मामिलामा उसलाई छुट दिने प्रस्ताव गरेको थियो। 

यद्यपि एसियाको क्षेत्रको निरीक्षण गरिरहेका रेन्डल स्रीवरले पछिल्लो माहोल हेर्दा भारतले छुट पाउने सम्भावना रहेको भएता पनि यसको कुनै ग्यारेन्टी नभएको बताएका हुन्। 

अहिले हतियार सम्झौता गरेकोमा आगामी दिनमा थप नयाँ सम्झौता गर्नसक्ने भन्दै भारतप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको हो। एक सातापछि भारत र अमेरिकाको बीचमा वार्ता हुने कार्यक्रम रहेको अवस्थामा अमेरिकी अधिकारीको यस्तो भनाइ आएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ