arrow

उत्तर कोरियाको मुद्दा समाधानमा चीन बाधक बन्यो – ट्रम्प

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
trump-xi.png

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको मामिला समाधान गर्न चीन सबैभन्दा ठुलो बाधक भएको बताएका छन् । चीनले लगाताररुपमा उत्तर कोरियालाई सहयोग दिइरहेको कारण यो मामिला सल्ट्याउन नसकिएको बताएका हुन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले उत्तर कोरियासँगको अमेरिकाको सम्बन्धलाई निकै जटिल बनाइरहेको आरोप लगाए । उल्लेख्य मात्रामा चीनले आर्थिक सहयोग प्रदान गरिरहेको कारण उत्तर कोरियाको मामिलामा आशा गरिएअनुसारको नतिजा हासिल हुन नसकेको उनको भनाइ छ । 

यद्यपि ट्रम्पले अझै पनि उत्तर कोरियन नेता किम जोन उनसँगको सम्बन्ध निकै राम्रो रहेको जिकिर गरे । साथै उनले विवादित दक्षिण कोरियासँगको सैन्य अभ्यास पनि नगरिने बताए । 

बुधबार अमेरिकी राष्ट्रपति कार्यालयमा बोल्दै ट्रम्पले चीनको कारण उत्तर कोरियासँगको सम्बन्ध राम्रो हुन नसकेको आरोप लगाए । साथै उनले चीनसँगको पनि आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गरे । 

उत्तर कोरियाको एक समस्या चीनसँगको व्यापारिक विवाद रहेको बताए । उनले चीनले उत्तर कोरियामा पैसा, इन्धन, मल र अन्य धेरै सामग्रीहरु पठाउनु असहयोग रहेको बताए । 

गत जुन महिनामा ट्रम्प र किमको बीचमा कोरियन प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा सहमति भएको थियो तर केही दिनअघि अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाले प्रभावकारी कदम नचालेको भन्दै उत्तर कोरिया भ्रमण रद्द गरेका थिए । उत्तर कोरियाले यो अमेरिकाको दोहोरो चाल र षडयन्त्र रहेको प्रतिक्रिया दिएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ