arrow

शहिदभूमीमा जनतामारा कर फिर्ता गर्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापन पत्र

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
sahid-bhumi.JPG

धनकुटा । जनतामारा कर फिर्ता गर्न माग गर्दै बिहिबार धनकुटाको सहिदभूमी गाउपलिकामा नेपाली कांग्रेसले  चर्को विरोध गर्दै र्‍याली सहित गई ज्ञापन पत्र बझुाएको छ ।

स्थानीय तहले जनताले तिर्नै नसक्नेगरी कर अत्यधिक वृद्धी गरी जनताको ढाड भाच्ने जनतामार कर संकलन गर्न थालेको विरोध गर्दै धनकुटाको सहिद भूमी गाउपालिकाका प्रमुख मनोज राई,उपप्रमुख रत्नेश्वरी राईलाई नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,पूर्व महासमिति सदस्य शिव कुमार राई,नेपाल तरुण दल धनकुटका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाली कांग्रेस सहिदभूमी गाउपालिका समन्वय समितिका संयोजक तिर्थ राई,शहिदभूमी गाउपालिका कार्य समितिका  संयोजक शेर वहादुर राई,सहसंयोजकहरु लक्ष्मण राई,तोर्ण खड्का,सदस्य सचिव रुद्र राई लगायतले संयूक्त रुपमा  ज्ञापन पत्र बुझाएका छन् ।

वृद्धि गरिएको कर घटाई फिर्ता  गर्न   र्‍याली सहित गएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सहिदभूमी गाउपालिकाको कार्यालय परिषदमा कार्यक्रमको आयोजना गरी ज्ञापन पत्र बुझाई सभा समेत गरेका थिए ।

उक्त कार्यक्रममा ज्ञापन पत्र बुझ्दै सहिदभूमी गाउपालिकाक प्रमुख मनोज राईले सवैसंग परामर्श गरी बढी भएको कर समायोजन गर्न सकिने वताए । भने अत्यधिक वृद्धि गरिएको कर नघटाए आन्दोलन गर्ने चेतावानी नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,सहिदभूमी गाउपालिका समन्वय समितिका संयोजक तिर्थ राई ,सदस्य सचिव रुद्र राई लगायतले दिएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ