arrow

आङ साङ सुकीले राजीनामा दिनुपर्छ : यूएन

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
aang_saang_suchi.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार प्रमुखले म्यानमारकी विदेशमन्त्री आङसाङ सुकीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । गत वर्ष रोहिग्या मुसलमानहरुमाथि सेनाले गरेको दमनको जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिनुपर्ने जेइद रियाद अल हुसेनले बताएका हुन् ।

राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ विवरणमा म्यानमारको सैन्य क्षेत्रको विषयमा थप अनुसन्धान आवश्यक रहेको बताइएको थियो । यद्यपि म्यानमारले भने यो विवरण एकपक्षीय रहेको भन्दै अस्वीकार गरेको थियो । 

म्यानमारको आर्मीले पनि यो मामिलामा कुनै पनि गलत काम आफूहरुले नगरेको बताउँदै आएको छ । सोमबार सार्वजनिक भएको विवरणमा नोबोल शान्ति पुरस्कार विजेता सुकीले गत वर्षको हिंसा रोक्न नसकेको उल्लेख गरिएको थियो । 

अझै पनि सुकी केही गर्नसक्ने पदमा रहेकोले उनले आफ्नो पदबाट बाहिरिनु उचित हुने हुसेनले बताए । सन् १९८९ देखि सन् २०१० सम्म सुकीलाई सैन्य सरकारले उनकै घरमा नजरबन्दमा राखेको थियो । 

सन् १९९१ मा नोबेल पुरस्कार पाएकी उनले यो हिंसा रोक्न नसकेको भन्दै दबाब तथा आलोचना खेप्दै आएकी छिन् । अहिले सार्वजनिक भएको विवरणमा बौद्ध समुदायको बाहुल्यता रहेको यो मुलुकमा अल्संख्यक मुस्लिमहरुमाथि दमन गरिने गरिएको उल्लेख गरिएको छ । 

सन् २०१७ को अगष्ट महिनामा म्यानमारको रखाइन क्षेत्रमा भड्किएको हिंसाको कारण एक हजारभन्दा बढी रोहिंग्याहरुको ज्यान गएको थियो भने सातलाखभन्दा बढी भागेर बंगलादेश पुगेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ