arrow

हराएका पत्रकार खड्काको विषयमा देउवाले लिए चासो

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
teju-bajura.jpg

  बाजुरा । पत्रकार तेजु खड्का हराएको विषयलाई लिएर  पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाले गम्भीर चासो लिएका छन् ।

 पत्रकार हराएको झण्डै एक साता भएको छ । नेपाल प्रेस युनियनले के गरिरहेको छ ?    टेलिफोन सम्पर्कमा सभापति देउवाले भने। तेजबहादुर  कहाँ कुन अवस्थामा छन् उनको यथाशीघ्र खोजीकार्य तीव्र पार्न नेपाल प्रेस युनयनले सक्रिय रुपमा लाग्न आग्रह पनि गरे।

टेलिफोन सम्पर्कमै सभापति देउवाले भने पार्टीले कहाँ के पहल गर्नुपर्छ हामी पनि लाग्छौँ पत्रकार साथीहरुले पनि पहल गर्नुपर्‍यो । उनी कहाँबाट कसरी हराएका हुन् भन्नेबारे बाजुरास्थित नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डितलाई  टेलिफोन गरी उनको सामान्य जानकारी पनि लिएका छन् ।
 
आजै कांग्रेस नेता रमेश लेखक लगायतका नेताले पनि खड्काको विषयमा बुझेका छन्। नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देल, महासचिव अजयवावु शिवाकोटी, नेपाल पत्रकार महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट लगायतले  केन्द्रमा पनि आवश्यक पहल भैरहेको वताएका छन् ।

 त्यसैगरी ७ नं प्रदेश अध्यक्ष अर्जुन शाह र महासचिव योगेश रावलले आवश्यक समन्वयका साथ प्रेस विज्ञेप्ती जारी गरेका छन् ।

 दिपायल सिलगडी नगरपालिका वडा न.४ तिखा डोटी घर भई   रेडियो बुढीनन्दा कोल्टी बाजुरामा कार्यरत  पत्रकार तेजबहादुर  खड्का ( तेजु )बुढीनन्दा तीर्थ दर्शन गरी  घरफर्कने क्रममा आइतबारदेखि बीच बाटो बाटै सम्पर्कविहीन भएका हुन् ।

 पत्रकार तेजुको खोजी कार्यका लागि बुधबार विहानदेखि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय वासिन्दालगायतको टोली खटिएको गुल्मपति प्रल्हाद घलेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ