arrow

बाँसटारी-झडेवा सकड खण्डमा शंकास्पद वस्तु फेला

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ १४ बिहिबार
sankhaspad-bastu.jpg

पाल्पा । माथागढी गाउँपालिका ४ बोखरमा शंकास्पद वस्तु फेला परेको । विहिबार दिउँसो बासटारी झडेवा सकड खण्ड अन्तर्गतको बोखर स्थित सडकको भित्तामा शंकास्पद वस्तु फेला परेको हो ।

 सडकमा हिड्ने यात्रुले शंकास्पद वस्तु देखेको  माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिए । बाटोमा हिड्ने यात्रुले खबरगरेपछि आफु उक्त वस्तु भएको स्थानमा पुगेको र वस्तु शंकास्पद देखिएकाले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको अध्यक्ष थापाले बताए ।

 उनले पहिले पनि  सोही स्थानमा  बम विष्फोट भएकाले  कतै बम त होइन भन्ने आशंका स्थानीयले गरेको बताए । शंकास्पद वस्तु फेला परेको जानकारी पाए पछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोद घिमिरेले  जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ