arrow

बिम्स्टेक सार्कको विकल्प होईन–प्रधानमन्त्री ओली 

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
oli8.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) सार्कको विकल्प नभएको बताएका छन् । 

बिम्स्टेकको चौथो शिखर सम्मेलनको सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विकल्प नभएको बरु पूरक भएको बताए । सम्मेलनको औपचारिक सुरुवात गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकबारे प्रकास पार्दै यस्तो भनेका हुन् । उनले बिम्स्टेक विशुद्ध प्राविधिक एव‌ं अार्थिक सहयाेका लागि बनेकाे भन्दै यसकाे मूल उद्देश्य नै बिम्स्टेक क्षेत्रकाे अार्थिक, सामाजिक रुपान्तरण हाे, भने ।

उनले सम्मेलनमा सहभागि बिम्स्टेक राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखलाई नेपालीमा स्वागत गरेका थिए । सम्मेलनको सुरुवात उनले नेपाली भाषाबाटै गरेका हुन् । पछि, भने उनले अंग्रेजीमा बक्तव्य पूरा गरेका थिए । अध्यक्ष राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलनका लागि सबै देशका राष्ट्रध्यक्ष एवं सरकार प्रमुख काठमाडौँ आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चा विहिबार आए ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा प्रधानन्यायाधीश छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौँ आएका थिए । विदेश सचिवस्तरीय बैठक पछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तय गरेका छन् । सम्मेलन भोलि समाप्त हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ