arrow

बिम्स्टेकका सहभागी राष्ट्रप्रमुखहरुको सम्मानमा रात्रिभोज

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
bimstek-launch.JPG

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले बिहिबार साँझ राजधानीमा रात्रिभोज आयोजना गरेका छन् । 

नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका श्रीमान्–श्रीमती सहभागी थिए । 

बिम्स्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराएका थिए । 

रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । 

त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गरेका थिए । 

होटल हायात्मा यो रात्रिभोज भएकाले गर्दा रातिसम्मै सवारी अस्तव्यस्त भएको थियो । रात्रिभोज हायातमा भए पनि विश्रामस्थल भने सोल्टी होटल भएकाले ट्राफिक बिग्रिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ