arrow

रहेनन् रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमाल

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
hariprasad-rimal.jpg

काठमाडौं । रेडियो नेपालका पहिलो गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ ।  बि सं १९८२ असोज २ गते जन्मिएका रिमालको शुक्रबार बिहान १ बजेर ७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

लामो समयदेखि बिरामी भई घरमै उपचाररत रिमालको ९३ वर्षको उमेरमा घरमै निधन भएको उनका शिष्य सम्राट सापकोटाले जानकारी दिएका छन् । 

शान्त स्वभावका रिमालको इच्छा अनुसार उनको पार्थिक शरीरलाई कुनै पनि सरकारी भवन वा स्थलमा नराखी उनको काठमाडौंको नयाँवानेश्वरमा रहेको आफ्नै घरमा शुक्रबार बिहान १० बजेसम्म राखी त्यसपछि पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने भएको छ । 

नेपाली नाटक र चलचित्र क्षेत्रका निर्देशक रिमालले दर्जनौं निर्देशन एवं अभिनय गरेका थिए । उनका सयौं गीत छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ