arrow

भारतमा पेट्रोल र डिजलको मुल्य वृद्धि

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
indian-oil.jpg

नयाँ दिल्ली। भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ। वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ।

त्यसैगरी डिजल राष्ट्रिय राजधानी दिल्लीमा ६९.९३ रूपैयाँ र मुम्बइमा ७४.२४ रूपैयाँ पुगेको छ। पेट्रोलका लागि यसअघिको मुल्य भन्दा दिल्लीमा १२ पैसा र मुम्बइमा १३ पैसा बढी तिर्नु पर्ने भएको समाचारमा जनाइएको छ।

त्यसैगरी डिजलमा पनि दिल्ली र कोलकत्तामा १४ पैसा र मुम्बई तथा चेन्नईमा १५ पैसा वृद्धि भएको निगमले जनाएको छ। एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ