arrow

रसियाको कोइला निर्यात बढ्ने

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
coal.jpg.jpeg

एजेन्सी। रसियाको कोइला निर्यातमा सन् २०१८ मा २० करोड टनको वृद्धि हुनसक्ने बताइएको छ। रसियाको ऊर्जा मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार यस वर्षको सुरुवातदेखि नै रसियाको कोइला निर्यात उल्लेख्य रहेको देखिएको हो। रसियाले अहिले सार्वजनिक गरेको विवरण अनुसार उसको कोइला निर्यात पूर्वी क्षेत्रमा १० करोड टन र पश्चिमी क्षेत्रमा १० करोड टनको निर्यातमा वृद्धि हुनसक्ने बताएको छ। 

रसियाका ऊर्जा तथा इन्धनमन्त्री एलेक्जेन्डर नोभाकले यस वर्षको समग्र अवधिमा रसियामा ४२ करोड टन बराबरको कोइला उत्पादन हुनसक्ने बताएको छ। यो परिणामा उसको लागि सन् १९८८ यताकै सबैभन्दा धेरै कोइला उत्पादन गर्न लागेको हो। विश्वको समग्र कोइलाको व्यापारमा रसियाको हिस्सा पनि पछिल्लो २० वर्षको अवधिमा झण्डै चार गुणाले बढेको छ। यससँगै विश्व बजारमा रुसको हिस्सा १४ प्रतिशतमा पुगेको छ। 

एक बैठकको क्रममा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व बजारमा रसियाको कोइलाको बजारमा थप विस्तार हुने बताएका छन्। गत वर्षको समग्र अवधिमा रसियन कम्पनीहरुले १९ करोड टनबराबरको कोइला निर्यात गरेका थिए। यो विश्वको तेस्रो सबैभन्दा बढी कोइला निर्यात हो। पछिल्लो समय रसियाको कोइलाको बजार सुधारको क्रममा रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ