arrow

अनियन्त्रित कार जुगेडी पुलबाट खस्यो, दुई घाइते

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
Chitwan-hamrakura.jpg.jpeg

चितवन। काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफैँ अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका छन्। पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ