arrow

इरान अझै पनि न्युक्लियर सम्झौतामा प्रतिबद्ध छ : यूएन

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
Iran.png

काठमाडौं । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानले अझै पनि सन् २०१५ मा भएको न्युक्लियर सम्झौता पालना गरिरहेको बताएको छ । इरानले विश्वका प्रमुख शक्ति मुलुकहरुसँग भएको सम्झौतामा प्रतिबद्ध रहँदै पालना गरिरहेको आईएईएले बताएको हो । 

पछिल्लो समय इरानको विषयमा देखिएको अनिश्चितताको बाबजुद इरानले सम्झौता पालना गरिरहेको पाइएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा इरान सम्झौताबाट अमेरिका बाहिरिने बताएका थिए । यससँगै अमेरिकाले इरानमाथि पुनः प्रतिबन्धको निर्णय गरिसकेको छ । 

आईएईएको अहिले सार्वजनिक भएको विवरणमा इरानको सबै साइटहरु भ्रमणका लागि निरीक्षकहरुलाई अनुमति प्रदान गरिएको थियो । यद्यपि अहिले सार्वजनिक भएको विवरणमा इरानको तर्फबाट सही समयमा प्रभावकारी सहकार्य गरिनुपर्ने उल्लेख गरिएको छ । 

विवरणमा इरानको युरेनियम र ‘हेभी वाटर’को मात्रामा भने गत मे महिनाको तुलनामा केही वृद्धि भएको तर सम्झौतामा उल्लेख गरिएको सीमामै रहेको बताइएको छ । 

अहिले इरानको अर्थतन्त्र अमेरिकाको प्रतिबन्धको निर्णयको कारण समस्यामा रहेको छ । इरानका नेताहरुले अबको दिनमा २०१५ को सम्झौताको विषयमा पनि पुनर्विचार गरिनुपर्ने बताएका छन् । गत साता युरोपियन युनियन (ईयू)ले इरानको सहयोगका लागि एक करोड ८० लाख युरोबराबरको रकम छुट्याएको थियो । 

इरानको लागि ल्याएको धेरैजसो विदेशी कम्पनीहरुको लागानीका योजनाहरु रद्द भइसकेका छन् । यसले इरानको कच्चा तेलको बजारमा नकारात्मक असर पार्नसक्ने बताइएको छ । सन् २०१५ को सम्झौताअनुसार इरानले केवल तीन दशमलव ६७ प्रतिशत मात्र युरेनियम उत्पादन गर्न पाउँछ । न्युक्लियर हतियारको लागि जुन ९० प्रतिशतभन्दा बढी आवश्यक हुन्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ