उदयपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. प्रकाशरण महतले वर्तमान सरकार अधिनायकवादी भएको बताएका छन् । डा. महतले वर्तमान सरकार जनताको आवश्यक्ता प्रति संवेदशनशिल नभएको समेत औल्याएका छन् ।
नेपाल विद्यार्थी संघ उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको सृदृढ कांग्रेसको लागि नेपाल विद्यार्थी संघको भुमिका बिषयक विचार गोष्ठिलाई संबोधन गर्दै डा. महतले यस्तो बताएका हुन् ।
डा. महतले सरकारले केन्द्र देखि स्थानिय सरकार सम्म करको बृद्धि गरेर राजश्व बढाउने रणनिति अपनाए पनि कर बढाएर राजश्व नबढन् बताए । कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महतले वर्तमान सरकार हरेक हिसाबले जनता विरोधी र अधिनायकवादी भएको बताए ।
कम्युनिष्ट नेतृत्वको सरकार संचालन संगै देशमा महंगी, भ्रष्टचार, बलत्कार, हत्या, हिंसा जस्ता घटनाहरु दिन प्रतिनिद बढ्नुले यो सरकारबाट देशले विकास र समृद्धि हासिल गर्न नसक्ने भन्दै डा. महतले नेपाली कांग्रेसले विगत देखि नेपाली जनताको मत जित्दै आए पनि पछिल्लो समय केहि कम्जोरी र पार्टी भित्र एकले अर्कोको अस्तीत्व स्वीकार गर्न नसक्दा हार वेहोर्नु परेको बताए ।
डा. महतले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाएर अघि बढ्नका लागि समेत सबैलाई आग्रह गरेका छन ।कांग्रेस सुदृढ बनाउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरु ईमान्दर भएर लागे आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लैले बहुमत हासिल गर्न सक्ने स्पस्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघ पूर्व महामन्त्री कल्याण गुरुङले नेपाल विद्यार्थी संघको आन्तिरिक एकताको कमी हुदाँ पार्टीले हार वेहोर्नु परेको बताए । नेता गुरुङले पार्टीको आन्तरिक एकतालाई मजुबद बनाएर अघि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, प्रतिनिधि सभा सदस्य प्रमिला राई, प्रदेश सभा सदस्य हिमाल कार्की, संजा दनुवार, नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नेतले पार्टीको सिंगो संगठनलाई मजुबद बनाउनका लागि नेपाल विद्यार्थी संघको भुमिका महत्वपूर्ण भएको बताए ।
नेपाली कांग्रेस भित्रको एकतालाई मजबुद बनाएर अघि बढ्नका लागि नेताहरुले साझा धारणा राखेका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन यादव, पूर्व केन्द्रिय उपाध्यक्ष राजिब ढुंगाना, सह महामन्त्री कृष्ण कार्की, नेविसंघ नेता डुजाङ शेर्पा, दिपक भट्टराई लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमलाई नेपाली कांग्रेस नेता मनोजकुमार बस्नेत, क्षेत्र नम्बर २ का सभापती बसन्तकुमार बस्नेत, ३ का सभापती रामकुमार खत्री, नेविसंघ पूर्व जिल्ला अध्यक्ष विनोद बस्नेत, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ, नेपाली कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतले संबोधन गरेका थिए ।