arrow

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
industrial-area.jpeg

बेइजिङ। चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ। संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको अनुमान र अड्कलबाजीभन्दा सकारात्मक प्रगति भएको अधिकारीहरुले बताएका छन्।

राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार कारखानाको उत्पादनको मुख्य सूचक पीएमआई (पर्चेजिङ म्यानेजर्स इन्डेक्स) अगष्टमा ५१.३ बिन्दुमा रहेको छ र यो जुलाईको ५१.२ बिन्दुभन्दा केही बढी हो।

ब्लूम्बर्ग न्यूज सर्भेले पीएमआईको स्थिति ५१.० बिन्दु रहने प्रक्षेपण गरेको थियो। यदि ५० बिन्दुको आसपास रहेमा औद्योगिक कलकारखानाको उत्पादन खुम्चिने नभई विस्तार भएको मानिन्छ।

“उत्पादनको विस्तार भएको छ, र समग्रमा बजारमा मागको अवस्था स्थिर छ,” एनबीएसका विश्लेषक झाओ किङ्घेले बताए। उनले उच्च प्रविधियुक्त उत्पादनको भविष्य उज्ज्वल रहेको बताए।

“अन्तर्राष्ट्रिय व्यापारिक टकराब बढ्दै गएको र बाह्य वातावरणको अनिश्चितताका कारण आयात र निर्यातको विगतझैं उच्चस्थिति नभई केही साँघुरोपन देखिएको छ,” झाओले विज्ञप्तिमा भनिएको छ।

तथ्याङ्कहरुले चीनको आर्थिक स्थितिमा केही समस्या आउने देखाएको छ, ओन्डाका एसिया प्रशान्त व्यापारका प्रमुख स्टेफेन इन्सले भने। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ