निर्मला हत्या प्रकरण : उच्चस्तरिय छानबिन टोलीद्वारा छानबिन सुरु
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
182
Shares
कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितिले काम सुरु गरेको छ ।
उच्च स्तरिय छानबिन समितिले घटना स्थल वरिपरि सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला पुगे लगत्तै उच्च स्तरिय छानबिन समितिले सम्बद्ध निकाय, क्षेत्रमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
घटना स्थल, निर्मला पन्त, बम घरपरिवार, प्रहरी लगायत सम्बन्धीत क्षेत्रमा खटिएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । उच्च स्तरीय छानबिन समितिले समेत घटनाको गम्भीर रुपमा अध्ययन गरिरहेको उनले जानकारी दिएका छन् ।
गत साउन ११ गते बिहान उखुबारीमा मृत फेला परेकी निर्मला पन्तको शव भेटिएको स्थानमा अनुसन्धान प्रक्रियामा प्रहरीले चरम लार्पबाहि गरेको थियो । ‘क्राईम एसिया नछुट्टाएरै मुचुल्ला उठाएको थियो, ‘स्थानीय पदम जोशीले भने, ‘शव भेटिएको स्थानको एसिया सिल गर्नुपथ्र्यो तर गरेन् ।’
यस्तै निर्मलाको सुरुवाल समेत धोएर ओढाइनुले सुरुवालमा भएका प्रमाण नष्ट भएको हुनसक्ने स्थानीयले शंका गरेका छन् । गत बिहीबार गृह मन्त्रालयले निर्मला हत्याकाण्ड छानबिनका लागि सह–सचिव हरि अधिकारीको संयोजकत्वमा गठन गरेको थियो ।