arrow

बाजुराका पत्रकार खड्काको खोजीमा सरकार गम्भीर छ : मुख्यमन्त्री

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
teju-bajura.jpg

कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनदेखि बेपत्ता भएका बाजुराका पत्रकार तेजू खड्काका सन्र्दभमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रदेश नं. ७ का वरिष्ठ पत्रकारलगायत टोलीले शुक्रबार धनगढीमा मुख्यमन्त्री भट्टलाई भेट गरी पत्रकार खड्काका विषयमा ध्यानाकर्षण गराउँदा उनले पत्रकार खड्काको खोजी कार्यमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले पत्रकार खड्काको खोजी गर्न नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको पनि जानकारी दिए । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दाबाट पत्रकार खड्काका भदौ ९ गते हराएको थियो ।

त्यस्तै टोलीले प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई पनि भेटेर पत्रकार खड्काको खोजी कार्यमा तदारुकता देखाउन आग्रह गरेको छ ।

सो अवसरमा मन्त्री शाहले खड्काको खोजी कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएको बताए । उनले भने, “पत्रकार खड्काको खोजी कार्यबारे त्यहाँको स्थानीय प्रशासनसँग नियमित सम्पर्क गरेर जानकारी लिइरहेको छु ।” डोटी घर भएका खड्का बाजुराको बूढीनन्दा रेडियोमा कार्यरत छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ