arrow

गृहमन्त्रालय र विमानस्थल अध्यागमन बिरुद्ध विष्टको सर्वोच्चमा रिट

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
supreme-court-news.jpeg

काठमाडौँ । थाइल्याण्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्  ।

गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई शुक्रबार विष्टले दायर गरेको रिट निवेदनमा थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानून विपरीत जानबाट रोक लगाएको उल्लेख छ ।
 
विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ