arrow

मोदी फर्किए स्वदेश, यादवले गरे बिदाई

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
modi-upendra.JPG

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदीलाई बिदाइ गरे।

सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा आयोजित नवनिर्मित धर्मशाला हन्तान्तरण समारोहमा सहभागी भए ।

 बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार काठमाडौँ आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ