arrow

मोदीको जुर्न नसकेको लुम्बिनी भ्रमण अब पक्का

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
dharmashala-anauguration.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण अहिलेसम्म सम्भव हुन सकेको छैन । उनले धेरै पटक चाहना राखे तर नेपाल सरकारले जान दिएन। कहिले सुरक्षाको कारण देखायो त कहिले राजनीतिक । 

तर पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । अर्थात् मोदीको अबको नेपाल भ्रमणका बेला लुम्बिनी भ्रमण पनि हुनेछ । 

शुक्रबार पशुपतिनाथमा धर्मशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका हुन् ।

प्रधानमन्त्री मोदीको अघिल्लो पटक जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान पुगेको उल्लेख गर्दै उनले भने, “तपाईंको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धदर्शनको मुहानका रुपमा विश्वव्यापीरुपमा चिनाउन थप मद्दत मिल्नेछ ।” 

प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गरेका  मोदीको प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै यसबाट आपसी आत्मीय सम्बन्ध अझ मजबुत हुँदै गएको बताउँदै आफू पनि दुई पटक औपचारिक भ्रमणमा भारत गएको स्मरण गरे ।

यसअघिका भ्रमणमा मोदीले उठाएका आपसी सहयोग र सद्भावका कुरा क्रमशः व्यवहारमा देखिएकामा नेपाल प्रशन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यसअघिका भ्रमणमा देखाउनुभएको सद्भाव र मित्रता अहिले प्रकट भइरहेको महशुस गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।

ओलीले लुम्बिनी भ्रमणको निम्तो दिएसंगै छिट्टै नै मोदीको पाँचौं पटक नेपाल भ्रमण हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ