arrow

किन अचानक आए राहुल गान्धी नेपालमा ? 

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
rahul-gandhi.jpg

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो अचानक काठमाडौं आए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमै रहेका बेलामा प्रमुख प्रतिपक्षी दलका नेता नेपाल आउँदा राजनीतिक तरंग आयो । 

तर गान्धी नेपालको कुनै औपचारिक भ्रमणमा आएका होइनन् । काठमाडौं उत्रे लगत्तै उनी होटल र्याडिसन लाजिम्पाट गएका थिए । 

बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएका मोदी काठमाडौंमै रहेका गान्धी पनि नेपाल आउँदा राजनीतिक तरंगित हुनु स्वभाविकै हो । यसले मोदीलाई पनि नेपालप्रति सोच्न वाध्य पारेको हुनुपर्छ । 

गान्धीको नेपाल आगमनबारे उच्चपदस्थ अधिकारीहरु बेखवर थिए । किनकि उनको भ्रमण औपचारिक थिएन । 

तर यसलाई राजनीतिक वृत्तले भने गम्भीर रुपमा लिएको बुझिन्छ । मोदी नेपाल भएकै बेलामा गान्धी नेपाल आएर चीनको तिब्बतस्थित मानसरोवर धार्मिक यात्रामा लागि शनिबार बिहान लाग्दैछन् । 

परराष्ट्र मन्त्रालयले समेत राहुल गान्धी आएको बारेमा स्पष्ट बताएन । मतलव कुनै जानकारी बिना नै राहुल गान्धी नेपाल हुँदै मानसरोवर यात्रामा जाँदै छन् । 

नेपालसंग उनको यो भ्रमणको कुनै साइनो नभए पनि आसन्न भारतको आम निर्वाचनमा भने अर्थ राख्नसक्ने बुझिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ