arrow

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैँ

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
north-korean-south.jpg

सोल। दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लाग्नुभएको छ। दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष बैठक तथा आणविक निःशस्त्रीकरणका बारेमा पनि छलफल गर्न विशेषदूत प्योङयाङ जान लाग्नु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनबीच आणविक निःशस्त्रीकरणका विषयमा हुने भनिएको शिखर बैठक केही समयदेखि स्थगित छ।

हाल नाम प्रचारमा नल्याइएका विशेषदूत सेप्टेबर ५ मा उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्ने राष्ट्रपतिको प्रवक्तालाई उद्धृत गर्दै योन्हाप समाचार समितिले जनाएको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ