अमेरिकाले रोक्यो प्यालेस्टाइनी शरणार्थीलाई दिँदै आएको सहयोग
प्रकाशित २०७५ भदौ १६ शनिबार
353
Shares
काठमाडौं । अमेरिका फेरि प्यालेस्टाइनप्रति अनुदार देखिएको छ । अमेरिकाले प्यालेस्टाइनी शरणार्थीलाई दिँदै आएको सबै खाले सहयोग बन्द गर्ने घोषणा गरेको हो ।
संयुक्त राष्ट्र संघ अन्तर्गत प्यालेस्टाइनी शरणार्थी संस्थाहरुलाई दिँदै आएको सहयोग बन्द गर्ने निर्णय गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
राष्ट्रसंघीय सहायता तथा कार्य एजेन्सीले भने यस कदमलाई अत्यन्तै निराशाजनक र गलत निर्णय भएको टिप्पणी गरेको छ ।
अमेरिकी प्रशासनले निकै सतर्कतापूर्वक पुनरावलोकन गरेर सहयोग बन्द गर्ने निर्णयमा पुगेको विदेश मन्त्रालयका प्रवक्ता हेदर नाउएर्टले जनाएका छन् ।
प्यालेस्टाइनले अमेरिकाको यो निर्णयलाई प्यालेस्टाइनी जनता विरुद्धको प्रहार भएको टिप्पणी गरेको छ । प्यालेस्टाइनी राष्ट्रपति मोहम्मुद अब्बासले आफूहरुमाथिको प्रहार भएको भन्दे आपत्ति जनाएका हुन् ।