सरकारको नीतिले लण्डनमा घरविहिन बढे : लण्डन नगरप्रमुख
प्रकाशित २०७५ भदौ १६ शनिबार
474
Shares
लण्डन। बेलायतको राजधानी लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहिनहरू बढेको बताएका छन्।
प्रधानमन्त्री टरिजा मेको समाज सुधार अभियानका कारण राजधानीबासी नै घरबार विहिन हुनु परेको मेयर खानले शुक्रबार आरोप लगाए। घरबार विहिन भएकाहरुलाई सरकारले तत्काल पर्याप्त सहयोग गरी व्यवस्थापन गर्नु पर्नेमा समेत उनले जोड दिएका छन्। यसलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न पनि उनले आह्वान गरे।
यस कार्यक्रमका कारण झण्डै एक लाख ३५ हजार लण्डनवासी लभान्वीत भएको दावी गरिएपनि अरु धेरै बासिन्दालाई यसले सन्तुष्ट बनाउन नसकेको टिप्पणी भइरहेको छ। सिन्ह्वा