arrow

करेन्ट लागेर प्लम्बरको मृत्यु

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
electric-shock-dead.jpg

रसुवा। कामदारका रुपमा रहेका एक भारतीय नागरिकको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार मृत्यु हुनेमा भारत उडिसा केन्द्रपढाका करीब ४७ वर्षीय बचन रहेका छन्।

उनी धुन्चे क्षेत्रमा केही वर्षदेखि प्लम्बरको काम गर्दै आएका थिए। एक घरमा पाइप जोड्ने क्रममा करेन्ट लागेपछि घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ