arrow

प्रेस युनियन माइ पश्चिम झापाको अध्यक्षमा सुब्बा

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
press-union2.jpg

झापा । नेपाल प्रेस युनियन माइ पश्चिम झापाको प्रथम ऐतिहासिक अधिवेशन शनिबार सम्पन्न भएको छ । संघीय संसद सदस्य महिन्द्रा सुब्बा लिम्बूको प्रमुख आथित्यतामा दमक पाथिभरा होटलको सेमिनार हलमा सम्पन्न कार्यक्रममा अथितिहरुमा नेपाल प्रेस युनियन जिल्ला सभापती कृष्ण हुमागाइ लगायत प्रेस चौतारी र प्रेस सेन्टर का प्रतिनिधि हरुको उल्लेख्य उपस्थिती थियो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रजातान्त्रिक योद्दा तथा पुर्व जिल्ला सभापती पुर्णानन्द शर्मालाइ कदर पत्रका साथ सम्मान गरिएको थियो । सम्मान पत्र ग्रहण गर्दै शर्माले पत्रकारहरु राष्ट्रकालागि सहि मार्गदर्शक रहेको बताए  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिन्दा सुब्बाले सरकारले हाल जारी गरेको ऐन पत्रकारलाई सहि सत्य तथ्य बाहिर ल्याउन बन्देजकारी भएको र यसो गरिदा पत्रकारिता र पत्रकार नै लोप हुन सक्ने अवस्थाको आकलन गर्दै अब पेसागत हक हितका लागि एक पटक सरकार संग अधिकार सुरक्षाका लागि समग्र पत्रकारहरुले  निर्णायक कानुनी लडाइ लड्नुपर्ने बताए ।
 
निबर्तमान अध्यक्ष बिश्नु सुब्बाको सभापतित्वमा आयोजित कार्यक्रम  प्रेस युनियन जिल्ला सचिब गिरिराज भट्टराईले सन्चालन गरेका थिए । यसैबिच सौहार्दपुर्ण रुपमा बन्द सत्रमा प्रबेस गरेको अधिबेशनले नया कार्यसमिती सर्बसम्मतले चयन गरेको छ ।

कार्यसमितीको अध्यक्ष बिष्णु सुब्बा, उपाध्यक्ष बेणु प्र अधिकारी, सचिब अर्जुन राजबन्शी, सह-सचिब नगेन्द्र्मणि न्यौपाने, कोषाध्यक्ष कुसुम तामाङ , सदस्य  युबराज रेग्मी, प्रसान्त भट्टराई, सान्ति सुब्बा बेणु राज प्रसाईं रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ