लोकतान्त्रिक निर्माण ब्यबसायी संघले गरे उम्मेदवारको घोषणा
प्रकाशित २०७५ भदौ १६ शनिबार
234
Shares
पोखरा । यहि भदौ २२ र २३ गते पोखरामा हुन लागेको नेपाल निर्माण ब्यबसायी संघ कास्कीको २६ औं साधारण सभा एबं १४ औं अधिबेशनका लागि नेपाल लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कास्कीले उम्मेदवार घोषणा तथा परिचय कार्यक्रम गरेको छ ।
नेपाल लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कास्कीले अध्यक्षमा सुरेश श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा बल बहादुर राना,उपाध्यक्षमा दिपेन्द्र मर्सानी,सचिबमा टेक बहादुर भुजेल,सह सचिबमा शिरशकुमार बाँस्तोला,कोषाध्यक्षमा लिलकाजी गुरुङ, सह कोषाध्यक्षमा हिरामणी पोख्रेल,र सदस्यहरुमा होम बहादुर भुजेल,सुमन श्रेष्ठ, धुब्रबाबु भट्टराइ ,ज्ञानेन्द्र घिमिरे,सुमन श्रेष्ठ,बुद्धिमान तामाङ,र हिक्मत जङ कार्की लाइ उम्मेदवार घोषणा गरेको छ ।
यी मध्ये सदस्यका उम्मेदवार हिक्मत जङ कार्की राप्रपाबाट लोकतान्त्रिक गठबन्धनमा सहभागी भएका उम्मेदवार हुन । घोषणा कार्यक्रममा बोल्दै नेपाली काग्रेस कास्की का सभापति कृण्ण केसी ले बिभिन्न पेशा ब्यबसायमा आबद्ध लोकतन्त्रबादी एक जुट भएर लोकतन्त्रलाइ जोगाउन लाग्नु पर्ने बताए ।
गण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापाले लोकन्तत्रमा आस्था राख्नेहरु एकजुट हुनु पर्ने बेला आएको भन्दै नेपाल निर्माण ब्यबसायी संघ मा लोकतन्त्रबादी पक्षको जित हुने दाबी गरे । नेपाल लोकतान्त्रीक निर्माण ब्यबसायी संघका कास्की अध्यक्ष शेरबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य नरहरी तिम्सिना , राप्रपा का केन्द्रिय सदस्य मोहन काक्री,पोखरा उच्च अदालत बार एशोसियसनका अध्यक्ष रोहितराज बाँस्तोला,नेपाल निर्माण ब्यबसायी संघ गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र पहारी,नेपाल इन्जीनियरिङ एशोसियशन गण्डकी प्रदेश का अध्यक्ष बिजेन्द्र केसी ,सेन्टर फर डेमोक्रयाटिक इन्जिनिर्यस गण्डकी प्रदेशका अध्यक्ष रमेश बाँस्तोला,नेपाल प्रेस युनियन कास्की का उपाध्यक्ष माधब रेग्मी ,नेपाल लोकतान्त्रीक निर्माण ब्यबसायी संघ कास्की का उपाध्यक्ष शरदराज रेग्मी लगायतले आप्नो धारणा राखेका थिए ।
नेपाल निर्माण ब्यबसायी संघ कास्कीमा ४सय १३ जना मतदाता रहेकोमा लोकतन्त्रबादी निर्माण ब्यबसायी को वर्चश्व रहेको पोखरा उपत्यका नगर बिकास समितीका पुर्ब अध्यक्ष निर्माण ब्यबसायी प्रकाशमोहन खनालले जानकारी दिए ।