arrow

धार्मिक यात्रामा निस्किएका राहुल एयर चाइनाको उडानबाट ल्हासा प्रस्थान

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
rahul-gandhi.jpg

काठमाडौँ । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शनिबार यहाँबाट ल्हासातर्फ प्रस्थान गरेका छन्  ।

धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौं आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट शनिबार दिउँसो ल्हासा प्रस्थान गरेको सुरक्षा स्रोतबाट थाहा भएको छ ।

काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास(बिमस्टेक)को शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडौंमा आइपुगेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका प्रमुख प्रतिपक्षी दलका अध्यक्ष गान्धी काठमाडौंमा एकै समय रहनुलाई एउटा संयोगकै रुपमा हेरिएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ