arrow

मंगलसेन नगरपालिकामा ७सय ५० कर्मचारीका लागि १३ सय बढीको आवेदन

एकैपटक ठूलो संख्यामा कर्मचारी माग गर्ने मंगलसेन पहिलो नगरपालिका

logo
भवानी प्रसाद भण्डारी
प्रकाशित २०७५ भदौ १६ शनिबार
mangalse-nagarpalika-office.jpg

अछाम। अछामको मंगलसेन नगरपालिकाले दरखास्त माग गरेको ७ सय ५० जना कर्मचारीका लागि १३ सय बढीले दरखास्त दिएका छन्। नगरपालिकाले गत साउन १७ गते विभिन्न पदका लागि ७ सय ५० जना कर्मचारी माग गरेको थियो।

नगरपालिकाले माग गरेको ७ सय जना निर्माण कार्यलदका लागि १ हजार १ सय ३१ जनाले दरखास्त पेस गरेका नगरपालिकाका कर्मचारी नरेश कठायतले जानकारी दिए । यस्तै सव ईन्जिनियर सिभिल ४ जनाका लागि दरखास्त आह्वान गरेकामा १४ जना, असिष्टेन्ट सव ईन्जिनियर ७ जना माग गरिएकोमा ५० जना, कृषि प्राविधिक ७ जनाका लागि दरखास्त माग गरिएकोमा ७६ जनाले दरखास्त पेश गरेका कठायतले बताए।

यसैगरी पशु स्वास्थ्य प्राविधिक ७ जनाका लागि दरखास्त माग गरिएकोमा ३७ जना, १५ जना नगर प्रहरीका लागी दरखास्त माग गरिएकोमा ६६ जनाले दरखास्त पेश गरेका छन्।

मंगलसेन नगरपालिका विभिन्न वडाहरुमा विकास निर्माणका योजनाहरुमा काम गर्न ७ सय जना कर्मचारी माग गरेकोमा १ हजार १ सय ३१ जनाले दरखास्त पेश गरेका छन् । जस अन्तर्गत वडा नं १ मा ५० जना माग गरेकोमा ६६ जना, वडा नं २ मा २० जना माग गरिएकोमा २५ जना, वडा नं ३ मा ५० जना माग गरिएकोमा १ सय २९ जना, वडा नं ४ मा ५० जना माग भएकोमा ६५ जनाले दरखास्त पेश गरेका छन् । यसै गरी वडा नं ५ मा ५० जना माग गरिएकोमा १ सय १२ जना, वडा नं ६ मा ५० जना माग गरिएकोमा ८३ जना, वडा नं ७ मा ५० जना माग गरिएकोमा ८० जनाले दरखास्त पेश गरेका छन् । यस्तै वडा नं ८ मा ५० जना माग भएकोमा ७१ जना, वडा नं ९मा ५० जना माग भएकोमा ६२ जना, वडा नं १० मा ५० जना माग गरिएकोमा ५५ जना, वडा नं ११ मा ५० जना माग गरिएकोमा ८८ जना, वडा नं १२ मा ६० जना माग भएकोमा ७४ जनाले दरखास्त पेस गरेका जनाइएको छ । यसैगरी वडा नं १३ मा ६० जना माग गरिएकोमा ९० जना र वडा नं १४ मा ६० जना माग गरिएकोमा १ सय ३१ जनाले दरखास्त पेश गरेका छन् ।

चालु आर्थिक वर्ष २०७५-०७६ का लागी विकास निर्माणका योजनाहरुमा काम गर्नका लागि निर्माण कार्यदल परिचालन कार्यविधी २०७५ बमोजिम दरखास्त माग गरिएको नगरपालिकाले जनाएको छ। यसरी कार्यदलबाट विकास निर्माणका काम गराउँदा भ्रष्टचार नहुने र योजना पनि बलियो र दीर्घकालिन हुने मंगलसेन नगरपालिकाको विश्वास छ। स्थानीयस्तरमै रोजगारीको अवसर जुटाई यहाँका युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि धेरै संख्यामा कर्मचारीका लागि दरखास्त माग गरिएको नगरपालिकाले जनाएको छ। स्थानीय तहको निर्वाचन भएको १ वर्षभित्रै एकै पटक ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त माग गर्ने मंगलसेन देशकै पहिलो नगरपालिका हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ