arrow

हिन्दुत्व रक्षाको निमित्त महिला शक्तिलाई सक्रिय हुन कमल थापाको आग्रह

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
kamal-thapa-new.jpeg

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुत्व पहिचान रक्षाको निमित्त महिलाहरुले हस्तक्षेपकारी भुमिका निर्बाह गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको भगिनि संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भक्तपुर जिल्ला समितीद्वारा आयोजित महिला भेला तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले सामाजिक र साँस्कृतिक चाड पर्बले आपसी सद्भाव, आत्मियता र  एकतालाई मजबुत बनाई नेपाली समाजलाई कसिलोसँग आपसमा जोडेको बताए।

गौरबशाली इतिहास, पहिचान र सँस्कृती सिङ्गो मुलुकको पूँजी भएको भन्दै थापाले इतिहासलाई मेटेर कुनै मुलुक समृद्ध बन्न नसक्ने दाबी गरे। सबल, समुन्नत र स्वाधिन नेपाल निर्माणमा आग्रह पूर्वाग्रह भन्दा माथि उठेर सबै लाग्नु आबश्यक भएको थापाले बताए।

थापाले मुलुकमा बढिरहेको महिला हिंसा र अपराधका घटनाप्रति चिन्ता व्यक्त गरे। महिलाहरुको हक, हित र रक्षार्थ सरकार गम्भीर रुपमा लाग्न समेत उनले ध्यानाकर्षण गराउँदै उनले हिला हिंसा रोक्न सरकार असफल भएको बताए।

सो अबसरमा नेताहरु कुन्ती शाही,लक्ष्मी प्रसाद सङग्रौला, राजाराम बर्तौला, निना भेटवाल, युवती कार्की, माधब खत्री लगायतले शुभकामना साँटेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ