arrow

किरा परेको खाना खुवाउने पार्टी प्यालेसलाई बचाउन खोज्ने नेकपाका सांसद बसन्त मानन्धर लखेटिए

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
basanta-manandhar-nekapa-mp.jpg

काठमाडौं। किरा परेको खाना खुवाउने पार्टी प्यालेसलाई बचाउन खोज्ने नेकपाका सांसद बसन्त मानन्धरलाई स्थानिय सेवाग्राहीले जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै लखेटेका छन्।

शनिबार नयाँ बजारस्थिति ‘नयाँबजार मल्टी भेन्यु’मा बासी तथा सडेगलेको खाना खुवाएको उजुरी परेपछि सरकारी टोलीसँगै प्रहरीले कार्वाही प्रक्रिया अघी बढाएको भेन्युका सञ्चालकहरुलाई बचाउन खोजेका नेकपाका स्थानिय नेता तथा प्रदेश सभामा सांसद मान्नधरलाई पिडित स्थानिय सेवाग्राहीले लखेटेका हुन्। 

एक कार्यक्रमका आयोजकले कुहिएको खानेकुरा खान नसकेपछि प्रसासनमा सो बारेमा जानकारी गराएर अनुगमन गर्दा भेन्युमा बासी मासु, कुहिएको तरकारी, फोहोर भान्सा,अखाद्य खाद्यसामग्री भेटिएपछि अनुगमन टोलीले सिल गर्ने तयारी गरेको थियो। त्यसका लागि मुचुल्का समेत उठाइसकेको थियो । तर सोहि बीचमा प्रदेशसभा सांसद मानन्धर आएर भेन्यु सञ्चालकलाई बचाउने उद्धेश्यका साथ अभिव्यकति दिन थालेपछि एकाएक फरक बन्यो।

नेकपाका सांसद मान्नधरले सरकारी टोलीलाई सिल गर्न भन्दा बसेर छलफल गरौं भन्दै अल्मल्याउन खोजेका थिए। उनको कुरा भेन्यु सञ्चालकको पक्षमा देखिएपछि विहानदेखि भोकभोकै रहेका सेवाग्राहीहरुले हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्नेहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सांसद मानन्धरसँग चर्काचर्की गरेका थिए। 

सांसद मानन्धर कहिले न्यायाधिश झै त्यहाँ फैसला गर्न उद्यत हुन्थे भने कहिले कहिले प्रहरी टोलीलाई फकाउन खोज्थे त कहिले अनुगमन टोलीलाई प्रभावित पार्न खोज्थे। उनले हामी ५-७ जना एक ठाउँमा बसौं र छलफल गरौं भन्थे । तर उनको कुरा भीडले सुनेन। बरु उल्टै भीडबाट नेकपाबाट सांसद भएका बसन्तलाई  ‘बसन्त कमरेड, तपाई हाम्रो नेता कि बैंक्वेट सञ्चालकको ?’ भन्दै र्‍याखर्‍याख्ती पार्दा पनि उनी अटेरी झै भेन्यु सञ्चालकलाई बचाउन लागिपरेका थिए।

उनले आफ्नै लगानीको झै गरि आक्रोसित भीडलाई सम्झाउन अनेक प्रयास गरेका थिए। आफूले यो बैंक्वेटमा सय पटकभन्दा बढी खाना खाँदा कहिले यस्तो नभएको तर एकपटक भएको गल्ती भएकोमा बसेरै कुरा गरौं भन्दै फकाउन लागिपरेका थिए।

तर, सहभागीले उनलाई ३०० पटक राम्रो खुवाए पनि आज हामी ३ सय जनालाई सडेगलेको खुवाउने भेन्यु सञ्चालकले हाम्रो स्वास्थ्यको जिम्मा कसले लिन्छ की सांसदले भन्ने प्रश्न गरेका थिए।

मानन्धरले हर तरहले आफ्नो प्रभाव देखाउँदै भेन्युमा सरकारी ताला लगाउनबाट रोक्न खोजेपनि न सेवाग्राही उनको कुरा मान्न तयार भए न अनुमगन टोली नै पछि हट्यो ।

अवस्था यस्ता देखियो कि मानन्धर त्यहाँ जति लामो समय बसे उनले आफ्नो छवी धुमिल्याउँदै गए। उनलाई चोर ओंला देखाएर कुरा गर्नेहरु जनताको नेता भएर जनताकै स्वास्थ्यमा खेलवाड गर्नेहरुलाई बचाउन आएको भन्दै उनलाई धकेल्ने अवस्था सिर्जना भयो। त्यसपछि अप्रिय स्थिति नहोस भनेर प्रहरीले सांसदलाई त्यहाँबाट उद्धार गर्‍यो। सांसदको हस्तक्षेप पछि सरकारी अनुगमन टोलीले बल्लतल्ल ‘नयाँबजार मल्टी भेन्यु’मा सिलबन्दी गर्‍यो । नेकपाका नेता तथा सांसदले बचाउन भगिरथ प्रयास गरेका भेन्यु सञ्चालकलाई आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कस्तो कारवाही गर्ला भन्ने हेर्न बाँकी छ। तर यो घटनाले नेकपाका सांसद बसन्त मानन्धर भने जनताको  हितमा भन्दा व्यवसायीको हितमा देखिदा उनको छवी भने धुमिलिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ