अमेरिकाद्वारा पाकिस्तानलाई दिँदै आएको ३० करोड डलरको सहयोग रद्द
प्रकाशित २०७५ भदौ १७ आइतबार
276
Shares
काठमाडौं । अमेरिकाले सैन्य विभागले पाकिस्तानलाई प्रदान दिँदै आएको ३० करोड डलरबराबरको रकम सहयोग रद्द गर्ने निर्णय गरेको छ । अमेरिकाले आतंकवादी संगठनहरुसँग लड्का लागि आशा गरिएअनुसारको काम गर्न नसकेको भन्दै अहिलेसम्म यो सहयोग रोक्ने निर्णय गरेको थियो ।
अमेरिकासँग पाकिस्तानको सम्बन्ध पछिल्लो समय तनावपूर्ण अवस्थामा रहेकोमा यो निर्णयले थप कमजोर बन्नसक्ने विश्लेषकहरुले बताएका छन् ।
कोलिसन सपोर्ट फण्डस् नामबाट दिइँदै आएको सहयोगमा सन् २०१८ को सुरुवातमा ट्रम्पको सरकारले रोक लगाउने निर्णय गरेको थियो । ट्रम्पले पाकिस्तानले झुटको सहारा लिँदै धोका दिँदै आएको बताएका थिए । अमेरिकाले आफूहरु अफगानिस्तानमा आतंकवादविरुद्ध लडिरहेकोअवस्थामा पाकिस्तानमा लुक्ने आतंकवादीहरुको कारण समस्या उत्पन्न भएको बताएका थिए । पाकिस्तानले भने अमेरिकाको यो आरोपको अस्वीकार गर्दै आएको छ ।
अमरिकाले पाकिस्तानले भरोशा दिलाएको खण्डमा यो सहयोग दिने तयारी गरेकोमा पाकिस्तानको तर्फबाट कुनै पनि भरोशा गर्न लायक व्यवहार नदेखिएको भन्दै पाकिस्तानलाई प्रदान गरिँदै आएको यो सहयोग रद्द गर्ने निष्कर्षमा अमेरिमा पुगेको हो ।
अधिकारीहरुले अहिले पाकिस्तानलाई दिनबाट रोकिएको रकम एसियाका अन्य कार्यक्रमहरुको लागि खर्च गर्ने तयारी गरेको बताएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको पाकिस्तान भ्रमण हुनुभन्दा केही दिनअघि यस्तो समाचार सार्वजनिक भएको हो । (एजेन्सी)