arrow

बोकोहरामसँगको भीडन्तमा ३० सैनिकको ज्यान गयो

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
bokoharam.jpg

काठमाडौं । नाइजेरियाको सीमावर्ती पूर्वीउत्तर क्षेत्रमा एक सैन्य शिविरमा भएको युद्धको क्रममा ३० नाइजेरियाली सेनाको ज्यान गएको छ । शनिबार सेनाका अधिकारीहरुले दिएको जानकारीअनुसार बोर्नो राज्यको जरी गाउँमा रहेको सो शिविरमा बोकोहरामले आक्रमण गरेको हो । 

विहीबार रात भएको सो युद्धपछि बोकोहरामले सो क्षेत्रको केही स्थानमा आफ्नो कब्जा पनि बनाएको छ । सेनाका अधिकारीहरुले दिएको जानकारीअनुसार आक्रमणकारीहरु ठुलो संख्यामा ट्रकमा आएका थिए र उनीहरुसँग धेरै हतियारहरु पनि थिए । एक घण्टासम्म चलेको युद्धको क्रममा ३० जना नाइजेरियाली सैनिकहरुको ज्यान गएको हो । 

थप सेनाहरु आउनुभन्दा अगाडि केही समयका लागि बोकोहरामले सो क्षेत्रबाट सैनालाई लखेटेको थियो । पछिल्लो केही महिनायता नाइजेरियाको सेनामाथि बोको हरामको आक्रमण तीव्र बन्दै गएको छ । 

बोको हरामले जानुभन्दा पहिला सेनाका हतियारहरु पनि लुटेको अधिकारीहरुले बताएका छन् । यद्यपि त्यसको जवाफमा गरिएको बमबारीमा बोको हरामलाई पनि उल्लेख्य क्षति पुगेको बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ