arrow

सिन्धुपाल्चोकको मायाथानमा पहिरोका कारण ७० घर विस्थापित

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
pahiro-mohan.jpg

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालीकाको मायाथानमा पहिरो जाँदा करिव ७० घर जोखिममा परेका छन् । अविरल बर्षापछि गएको पहिरोका कारण सो क्षेत्रका भिरकुना, ओख्रिनी, चौतारी टोल , दमाई खोल्छा, काभ्रेडिल, नागेडाँडाँ लगायतका क्षेत्रका घर जोखिममा परेका हुन् । 

पहिरोका कारण १० घरमा पूर्णरुपमा क्षति पुगेको छ भने त्यहाँका स्थानीय बिस्थापित हुन बाध्य भएका छन् । भूकम्पपछि थोरै मात्र पहिरो आएको सो क्षेत्रमा स्थानीयले पक्की घर बनाएर बसेका थिए । 

अहिले पहिरो आएपछि रातभर घर बाहिर बस्नुपरेको स्थानीयको गुनासो छ । उनीहरुले तत्कालका लागि सरकारले आफुहरुलाई सुरक्षित स्थानको व्यवस्था गर्न माग पनि गरेका छन् । पहिरो क्षेत्रको निरिक्षण गर्दे नेपाली काग्रेसका नेता मोहन बस्नेतले तत्काल छिटो भन्दा छिटो स्थानीयलाई बैकल्पिक व्यवस्थाको माग गरे । 

उनले अहिले एक महिना अझै पहिरोको जोखिम कायमै रहेको भन्दै अन्य स्थानमा बसोबासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै पहिरो कै कारण सिन्धुपाल्चोकको बाह्रविसे तातोपानी सडक खण्डको खुर्सानीबारीमा रहेको पुल पनि पूर्ण रुपमा क्षति भएको छ । पुल पूर्णरुपमा भत्कदा सवारीसाधन पूर्ण रुपमा बन्द भएका छन् । 

सो क्षेत्रका काग्रेस नेता बस्नेतले उक्त पुलको स्थानमा छिटो भन्दा छिटो बैकल्पीक बाटो निर्माण गर्दै यातायात संचालन गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ