arrow

दोस्रो विश्वयुद्धको ७३ वर्षपछि पोल्याण्डले जर्मनीसँग माग्यो क्षतिपूर्ति

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
poland2.jpg

काठमाडौं । पोल्याण्डको संसदीय आयोगले दोस्रो विश्वयुद्धको क्रममा नाजी समुदायले कब्जा गरेको कारण मुलुकमा ५० लाख मानिसहरुको ज्यान गएको र करिब ५४ अर्ब डलरबराबरको रकम नोक्सानी भएको विवरण सार्वजनिक गरेको छ । 

पोल्याण्डको वर्तमान सरकार दोस्रो विश्वयुद्धमा नाजी समुदायले पुर्‍याएको नोक्सानीको क्षतिपूर्ति जर्मनीबाट लिन चाहन्छ । आयोगको अहिलेको यो घोषणा पनि त्यसैको एक भाग हो । 

अहिले सार्वजनिक गरिएको विवरण प्रारम्भिक रहेको बताइएको छ । सत्तारुढ पार्टीका नेता जारोस्लाव काकजिन्सकीले नाजी समुदायले सन् १९३९ मा सबैभन्दा पहिला पोल्याण्डमा आक्रमण गरेको उल्लेख गरे । उनले यो आक्रमण तथा विश्वयुद्धको कारण पोल्याण्डलाई दोस्रो विश्वयुद्धमा उल्लेख्य क्षति पुगेकोले जर्मनीले त्यसको पूर्ति गर्नुपर्ने बताए । 

दोस्रो विश्वयुद्ध सकिएपछि पनि लामो समयसम्म पोल्याण्डमा सोभियत रुसको प्रभुत्व रहेको थियो । जसको कारण स्वतन्त्ररुपमा यो मुलुकले जर्मनीसँग क्षतिपूर्ति माग्न सकेको थिएन । यद्यपि जर्मनीले पोल्याण्डमा नाजी समुदायको अत्याचारबाट बचेका मानिसहरुलाई भने क्षतिपूर्ति दिएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ