arrow

कालीगण्डकी उपत्यकाको एकिकृत विकास गर्न गुरुयोजना

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
kaligandakipariyojana.JPG

काठमाडौँ । कालिगण्डकीको बारीपारी रहेका पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई एकिकृत विकास गर्ने गरी बृहत गुरुयोजना बनाउन थालिएको छ । 

रामपुर नगरपालिकाका मेयर रामण थापाको प्रस्तावमा चापाकोट नगरपालिका समेत सहमत भएपछि रामपुर, चापाकोट सहित छिमेकी गाँउपालिकाहरुलाई समेत समेटेर बृहत्तर विकासको योजना बनाउन थालिएको हो । 

एकिकृत विकास योजनाका लागि सुझाव दिन नेपाल सरकारका पूर्व सचिव रामपुर निवासी शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा समिति पनि बनाइएको छ । 

तनहुँमा जन्मेको, चापाकोटमा पढेको, अहिले रामपुरमा बसोबास गर्ने र सरकारको उच्च तहमा रहेर काम गरेकोले श्रेष्ठलाई यसको नेतृत्वका लागि आग्रह गरेको मेयर थापाले बताए ।

थापाको आग्रहमा एकिकृत विकास योजनामा लाग्नु भएका श्रेष्ठले आफ्नो रुची र विज्ञताको विषय भएकाले नमुना क्षेत्र बनाउने योजनाका लागि थप सुझावहरुका लागि आह्वान पनि गरे ।
 
श्रेष्ठ नेतृत्वको समितिले शनिबार काठमाडौमा त्यस क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरेकाहरुसँग छलफल पनि गरेको छ । 
रामपुरका मेयर थापाको अग्रसरतामा भएको छलफलमा सहभागी अधिकांशले रामपुर र चापाकोटको विकासका काम संयुक्त रुपमा गर्नुपर्नेमा जोड दिएका थिए ।

पाल्पा क्षेत्र नं १ मा काँग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार समेत बनेका काँग्रेस नेता विजयराज घिमिरेले दिर्घकालिन सोचका साथ साझा र संयुक्त योजनाहरु र त्यसका सजिला तथा अफ्ट्याराका बारेमा खुल्ला छलफल गरेर निर्णयमा पुग्नु पर्नेमा जोडदिए ।

अर्का काँग्रेस नेता कल्प पौडेलले कालिगण्डकीलाई आधार बनाएर संयुक्त विकास गर्न सकेमा नमुना ठाँउ बन्न सक्ने बताए ।

छलफलमा सहभागीमध्ये स्याङ्जाको चापाकोट, पकवादी लगायतकाले पनि कालिगण्डकी वरीपरीको क्षेत्रलाई एकिकृत रुपमा विकास गर्नुपर्नेमा जोड दिदै रामपुर नगरपालिकासँग संयुक्त रुपमा काम गर्न चाहेको बताएका थिए । 

छलफलमा विभिन्न पार्टीमा आस्था राख्ने र विभिन्न पेशा व्यवसायमा संलग्न तथा विज्ञता हासिल गरेका झण्डै दुई दर्जन सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ