arrow

ठूला नेताको विदेश भ्रमणले नेकपाको स्थायी समिति बैठक सर्‍यो

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
NEkapa.JPG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी समितिको बैठक फेरि  सरेको छ । उच्च तहका नेताहरु विदेश भ्रमणमा जाने भएपछि स्थायी समिति बैठक सरेको हो । 

तल्लो तहका कमिटी तथा भ्रातृ संगठनको एकता प्रक्रिया टुंग्याउन नसकेपछि भदौ ८ र ९ मा तोकिएको बैठकलाई १९ र २० का लागि डाकिएको थियो । यो तिथिमा पनि बैठक नहुने भएको छ । 

यो अवधिमा अधिकांश नेताहरुको विदेश भ्रमण परेकाले भाद्र २६ र २७ लाई नयाँ मिति तोकिएको हो । वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिकामा छन्, भने प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन जाँदैछन् । स्थायी समिती सदस्य देवेन्द्र पौडेलका अनुसार केही नेता विदेशमै छन् । केही जाँदैछन् । 

केन्द्रले भदौ ७ भित्रै प्रदेश जिल्ला तथा भ्रातृ संगठनको एकता प्रक्रिया टुङ्ग्याउन निर्देशन गरेको भएपनि एकीकरण प्रक्रिया सकिएको छैन । अवस्था जे छ त्यही रिपोर्ट पेश गर्न भनिएकामा त्यो पनि नभएको बताईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ